
निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको छ। संघीय संसद्मा दर्ता संघीय निजामती सेवा विधेयक २०८०मा उक्त प्रस्ताव गरिएको हो। विधेयक पारित भएको अर्को आर्थिक वर्षदेखि लागू हुने विधेयकको परिच्छेद ७ को दफा ५८ मा अनिवार्य अवकाशसम्बन्धी व्यवस्था गरिएको छ।
विधेयकमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय निजामती सेवाको प्रशासन सेवाका कर्मचारीलाई नै कामकाज गर्न खटाइने व्यवस्था गरिएको छ।
‘यो ऐन प्रारम्भ भएको १० वर्षसम्म नेपाल सरकारले संघीय निजामती सेवाको प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाउनेछ,’ विधेयकको दफा ११८ को उपदफा ३ मा भनिएको छ।