एपिएफ क्लब छैंटौं झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन । एपिएफ क्लब छैंटौं झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोलले हराउदै एपिएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिंङ् र अबि लामाको पेनाल्टी बचाए । बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा भएको खेल निकै प्रतिष्पर्धात्मक थियो ।

दुबै टोलीले गोलका लागी अवसर सृजना गरेपनि निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकर बाट खेलको नतिजा लिईएको थियो ।

फागुन २८ गते सम्म संचालन हुने झापा गोल्डकपमा ए डिभिजन क्लब सहित १० वटा टिमले सहभागिता जनाएका छन् । छैंटौं संस्करणको झापा गोल्डकपको बिजेताले नगद १३ लाख सहित आकर्षक ट्रफि पाउनेछन् भने उपविजेताले नगद् ७ लाख रुपैंया प्राप्त गर्ने छन् । मंगलबार क्वाटरफाईनल खेल चर्चव्वाईज युनाईटेड क्लब र एनआरटि बिच हुने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्