वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

खबर बुक
  • ख-
  • ख+

गोरखा, २१ फागुन । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्।  

प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६ वर्षीय राम गुरुङलाई  पक्राउ गरेको हो। 

फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०७३ चैत १५ गते फैसला भई वैदेशिक रोजगार सम्बन्धी कसुरमा कैद तथा जरिवाना तोकिई फरार रहेका गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमबार गुरुङलाई पक्राउ गरी कैद र जरिवाना असुल उपरका लागि जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए। जिल्ला अदालतको आदेशले गुरुङलाई कैद र जरिवाना असुल उपरका लागि कारागार कार्यालय पठाइएको छ। फैसला कार्यन्वयन गर्ने सिलसिलामा प्रहरीले गुरुङलाई सात वर्षपछि पक्राउ गरेको हो।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्