आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २१ । नेकपा एकीकृत समाजवादीले आफनो पार्टीबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ। प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला रहनुभएको छ भने नन्दा चपाईँ भौतिक राज्यमन्त्री रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्