हनुमन्ते खोलामा युवकको शव फेला

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, २१ फागुन । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ ।

काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिएको अवस्था भेटिएको छ । थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्