
काठमाडौं, फागुन २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउन खोजिएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकलाई आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन गर्न खोजिएको बताउनुभएको हो । ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको भन्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाले जेजस्तो राजनीतिक घटनाक्रम भएपनि एमालेले मिसन २०८४ नछाड्ने स्पष्ट पार्नुभयो । आगामी निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित गर्ने र निर्णायक शक्तिका रुपमा पार्टीलाई विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने अभियान जारी रहने उहाले बताउनुभयो ।
ओलीले मजदुर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न जिफन्टलाई निर्देशन समेत दिनुभयो ।