मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ पुस । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउने बुझिएको छ ।
 Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्