राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने चयन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । 

राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर आइतबार बिदा भएसँगै रिक्त स्थानमा न्यौैपानेलाई चयन गरिएको हो । 

एमालेका अध्यक्ष तथा प्रतिनिधिसभा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सभाका प्रमुख सचेतकमा न्यौपानेलाई मनोनयन गरेका हुन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्