संक्रमणकालिन न्याय सबन्धि बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन । संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।

राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो । 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः ४५ बजे समितिको बैठक बोलाइएको थियो । 

बैठकमा सहभागी हुनका लागि कांग्रेसका सांसदहरू सिंहदरबार पुगे पनि अन्य दलका सांसदहरू नपुगे पछि बैठक बस्दै नबसी स्थगित भएकाे कांग्रेसका सांसद सुनिल शर्माले बताए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्