आयरल्याण्ड ए टिम नेपाल आउदै, टी-२० तथा एकदिवसीय सिरिज खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन । आयरल्याण्ड क्रिकेटको ए टिम नेपाल भ्रमणमा आउने भएको छ ।

नेपालमा आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिम र नेपाल ए विरुद्ध टी-२० तथा एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिमसँग २ वटा टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ ।

क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुने छन् ।

त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल हुने छन् ।
          

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्