नेपालको बैंकहरु सुरक्षित छनः गभर्नर अधिकारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताउनुभएको हो ।

उहाले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै बिदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राख्नुभयो । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको जिकिर गर्नुभयो ।

अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उहाले अराजकतालाई रोक्न नसके सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताउनुभयो । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रुपमा आक्रमण भइरहेको भन्दै यसलाइ राज्यले नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले अहिले बैंकसंग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराव कर्जा ३ दशमल ४० प्रतिशत पुगेको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्