फागुन २४ गतेदेखि काठमाडौंमा चेम्बर एक्स्पो २०२४ आयोजना हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २१ फागुन ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा फागुन २४ गतेदेखि काठमाडौंमा चेम्बर एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

चेम्बरले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातौ चरणको चेम्बर एक्स्पो २०२४ फागुन २४ देखि २८ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने जनाएको हो । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

एक्स्पोले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने उहाले बताउनुभयो ।

प्रर्दशनीमा हस्तकलाका बस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु रहने र स्थानीय उत्पादनका केहि स्टलहरुलाई निशुल्क गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्