
सन् २०२४ फेब्रुअरीमा भारतबाट आउने पर्यटक संख्यामा ३९ प्रतिशतले वृद्धि भएको छ।
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष २०२३ को फेब्रुअरीको तुलनामा यस वर्ष फेब्रुअरीमा पर्यटक संख्या वृद्धि भएको हो। यस वर्ष फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार ५७८ रहेको छ।
गत वर्षको फेब्रुअरीमा १८ हजार ४०१ जना भारतीय पर्यटक नेपाल आएको थिए। त्यस्तै बंगलादेशबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार गत वर्ष फेब्रुअरीमा बंगलादेशबाट १ हजार ९०७ जना पर्यटक आएकोमा यस वर्ष ४ हजार ९९ जना पर्यटक नेपाल आएका छन्।
कुन देशबाट कति पर्यटक आए?
