नेकपा महासचिवमा फेरि विप्लव

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।

विप्लव यसअघि पनि महासचिव थिए ।

नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्