सिटिजन्स बैंकको घर कर्जा योजना, ७ वर्षसम्म स्थिर कर्जा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नारासहित ९.९९ प्रतिशतमा ७ वर्षसम्म स्थिर रहने घर कर्जा योजना सार्वजनिक गरेको छ। 

७ वर्षपछि बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागू हुने बैंकले बताएको छ।

घर कर्जाअन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको बैंकले जनाएको छ। कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने बैंकले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्