
काठमाडौै, १९ फागुन।अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ।
वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिन लागेको जानकारी दिएका हुन्।
रकम सोमबारभित्र खेलाडीको खातामा पठाउने प्रतिबद्धता उनले जनाए।