सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । 

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भइरहेको महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्