काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ फागुन । काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् ।

अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले रातोपाटीलाई बताए । जिल्ला अदालत काठमाडौँको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्,‘तिन–चारवटा हेलमेट चोरेको हुँ, १ हजार देखी १५ सयमा बेच्ने गरेको छु ।’

अदालतको गेटबाट विगत चार–पाँच महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी पन्थीले बताए । चोरीमा संलग्न आरोपी पक्राउ गर्ने प्रहरीलाई जिल्ला अदालतले सम्मान गरेको छ । आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्