हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन ।  प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

आज समिति बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफलमा सभापति रामहरि खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गरे ।

उनले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउनुपर्नेमा जोड दिए ।

सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारीलगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए । उनले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धितले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे ।

उनले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्