मछिन्द्र केपी ओली कपको फाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।

योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल आगामी शनिबार हुने छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्