मिटरब्याज पीडितद्धारा राजधानीमा सिट्ठी जुलुस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन ।  मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् ।

पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।

‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् । 

उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।  माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्