कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन ।  कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो ।

कालो झण्डासहित प्रदर्शनमा सहभागीहरुले प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमाङ्कन गर् लगाएतका नारा लगाएका थिए । उनीहरुले १ नंवर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यसदिनलाई कालोदिनका रुपमा मनाएको जनाएका छन् ।

गत बर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एकबर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्