राष्ट्रिय सभाबाट बिदा हुँदै २० सांसद, ६ वर्षे अवधिका अनुभव साटासाट

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ फागुन । राष्ट्रिय सभाको आजको बैठकमा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आ–आफ्नो अनुभव राखिरहेका छन्।

राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए।

राष्ट्रिय सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षे कार्यावधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।

संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद फागुन २० देखि बिदाइ हुँदै छन्।

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी  राष्ट्रिय सभाबाट बिदा हुन लागेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्