संसद् भवन र सिंहदरबारमा लगाइएको फुटपाथको डोरी हट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन ।बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको छ ।

सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो । आलोचना पछि प्रहरीले डोरी हटाएको हो ।

फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए । सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्