सिंगापुरको प्रजनन दर इतिहासमा पहिलो पटक १ प्रतशित भन्दा तल

खबर बुक
  • ख-
  • ख+

सिंगापुर, १७ फागुन् । इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ । 

घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सिमित भएको हो । 

सिंगापुरको तथ्यांक बिभाग अनुसार इतिहासमा नै पहिलो पटक प्रजनन दर १ प्रतिशत भन्दा कममा झरे पछि सरकार सन्तान उत्पादनका लागि पहलकदमी गर्ने जनाएको छ ।

सन २०२३ मा अनुमानित ०.९७ प्रतिशतमा झरेको देखेको छ, जुन देशको इतिहासमा पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ।

जसले प्रत्येक महिलाले आफ्नो प्रजनन वर्षहरूमा जन्माउने औसत संख्यालाई जनाउँछ । सन २०२२ मा १.०४ र २०२१ मा १.१२ बाट घटेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसदमा जानकारी दिदैँ भनेका छन ।

जन्मदर २.१ को प्रतिस्थापन दर भन्दा तल रहेमा चिन्ताको बिषय भन्दै प्रजनन दर बढाउनका लागि आवाश्यक रणनीति बनाउनु पर्ने जनाएका छन्  । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्