केपी ओली कपको सेमिफाइनलका खेल आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् ।

सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ ।

जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

 
त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुदैँछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्