
काठमाडौं, १६ फागुन । नेपाली काँग्रेसका नेता सन्तोष चालिसेले गठबन्धनलाई काँग्रेस धोका नदिएको बताउनु भएको छ ।
उहाँले नेपाली काँग्रेसकाको सहयोगले नै माओवादी र एकीकृत समाजवादी पाटी लगायत ६ दलले सट्टा टेको बताउनु भएको छ ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले बाहिर रूपमा जुन हल्ला चलाए पनि यर्थात भनेको काँग्रेसको आधारमा अहिलेको सिट ल्याएको बताउनु भयो ।
उहाँले (माओवादी केन्द्र)ले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गर्नु स्वाभाविक भएको बताउँदै देशको प्रमुख दल नेपाली काँग्रेस भएकाले राष्ट्रियसभाको अध्यक्ष पनि काँग्रेस कै हुने दाबी गर्नु भयो ।
उहाँले मिटर ब्याजी , दूध किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।