भारतको गुजरातमा २० अर्ब बराबरकाे ३३ सय किलोग्राम लागुऔषध बरामद

खबर बुक
  • ख-
  • ख+

भारतको गुजरातमा करिब २० अर्ब भारतीय रुपैयाँको ३३ सय किलोग्राम लागुऔषध बरामद भएको छ। 

गुजरातको पोरबम्दरमा ३३ सय किलो लागुऔषध बरामद गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार जसको मूल्य २० अर्ब रुपैयाँभन्दा माथि छ।

लागुऔषधसँगै भारतीय अधिकारीहरूले पाँचजना विदेशी नागरिकलाई पनि पक्राउ गरिएको जनाएका छन्।  

नारकोटिक्स कन्ट्रोल ब्यूरोले स्थानीय सुरक्षा अधिकारीहरूसँग मिलेर चलाएको अपरेसनका क्रममा अर्बौँ मूल्यको लागुऔषध चरेससहित बरामद भएको हो। 

भारतीय नौसेना, गुजरात एटीएस, नेभी र सेन्ट्रल एजेन्सीको संयुक्त अपरेसनका क्रममा मंगलबार अरब सागरमा भारतीय सीमातर्फ यो लागुऔषध बरामद भएको हो। 

संयुक्त अपरेसनका क्रममा लागुऔषध गन्तव्यमा पुर्‍याउन खटिएका ५ जना विदेशी नागरिक पनि समातिएका छन। उनीहरू इरानी या पाकिस्तानी भएको आशंका भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्