
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् ।
नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् । नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।