चुनावपछि पनि गठबन्धन कायम रहन्छ : मन्त्री श्रेष्ठ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक १

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ ८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो । चुनावी प्रचारप्रसारको क्रममा मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो । विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनाव पछि पनि जारी रहने बताउनुभएको हो ।

संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफुहरुले गठबन्धन बनाएको उहाँको भनाइ छ । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्