माछा मार्दा करेन्ट लागेर डडेल्धुरामा एक युवकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

डडेल्धुरा, १५ फागुन । डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ।

आज आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

विकको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जोगबुढा अस्पतालका इन्चार्ज जितेन्द्र चौधरीले जानकारी दिए। मृतक विक ट्याक्टर चालक हुन्।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गगनसिंह भाटका अनुसार ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्