जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

झापा, १५ फागुन । शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्