
काठमाडाैं, फागुन १५ । अर्थमन्त्री डा. प्रकाशशरण महत चैत १ देखि ९ सम्म वासिङ्टन डिसीमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका भ्रमणमा निस्कने भएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री महतको अमेरिका भ्रमणलाई स्वीकृति दिएको हो।
अमेरिका भ्रमणका क्रममा मन्त्री महतसहितको टोलीले नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्ट दोस्रो बैठकको तयारी, माथिल्लो अरुण जलविद्युत आयोजना र विश्व बैंक र नेपालबीचको नयाँ साझेदारी खाकालगायत विषयमा छलफल गर्नेछ