खाली खुट्टा पैदल मार्चमा मिटरब्याज पीडित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । मिटरब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । 

 भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरेका हुन् । 

सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित भएका छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन् ।

विगतमा गरिएका सहमति सरकारी पक्षबाट धोका भएको उनीहरूको आरोप छ । सरकारी पक्षबाट विगतको जस्तो धोका नहुने तथा विद्यमान समस्यालाई सदाको लागि अन्त्य गर्नका लागि संघर्ष समितिको तर्फबाट विभिन्न माग अघि सारिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्