डोटीमा ठूलो असिना पानी, भित्र्याउने बेलाको धान बालीमा क्षति

न्युज कारखाना 
  • ख-
  • ख+

धनगढी, १ कार्तिक

डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ ।

आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।  उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्‍याएको बताएकी छन् ।

केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्