
काठमाडौं, १५ फागुन ।काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ ।
२४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ।यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो ।
महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।