वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् ।

आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ ।

जोर्डन समुह ए मा तिनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्बाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी विहिबार हुने छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्