वर्तमान सरकार समस्या र काण्डहरूको जगमा टिकिरहेको छः एमाले नेता ढकाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन ।  नेकपा एमालेका नेता सूर्य प्रसाद ढकालले वर्तमान सरकार समस्या र काण्डहरूको जगमा टिकिरहेको बताउनु भएको छ । सरकार देशका लागि बोझ बनिसकेको र मुलुक सङ्कटतिर धकेलिँदै गएको बताउनु भएको छ ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले मन्त्री ज्वाला बालकुमारी घटना, मन्त्री सुदन किराँती रामग्राम स्तूप क्षेत्रको जग्गा लिज प्रकरण र मन्त्री बस्नेत टेरामक्स खरिद प्रकरणमा मुछिएका कारण उनीहरूले राजीनामा दिनुपर्ने माग एमालेको रहेको बताउनुभयो ।

उहाँले सरकार आफैले गठन गरेको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने पनि एमाले माग गरेको बताउनु भयो ।
उहाँले गठबन्धन सरकारले गर्दा देशको अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्य बढेको, युवा पलायन बढेको बताउनु भयो ।

नेता ढकालले देश निर्माणको काम, विकासको काम र सम्वृद्धिको यात्रा अघि बढाउन एमालेको सरकार आवश्यक हुने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्