बालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयनबारे सुझाव दिन दुई मन्त्रीसहितको समिति गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरि सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गरी फाल्गुन २० गतेभित्र सिफारिस गर्न कानुनमन्त्री धनराज गुरुङ र ऊर्जाशक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । समितिले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कार्तिक १७ गते भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फाल्गुन १६ गतेदेखि फाल्गुन मसान्तसम्म म्याद थप गर्ने निर्णय समेत गरेको उहाको भनाइ छ ।

मन्त्रिपरिषद्ले चितवनको भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तराष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्