आरबिबि-एनभिए भलिबल चैत ३ गतेदेखि हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन ।  आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगीता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०–४० हजार पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही रु १५–१५ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने र जसमध्ये मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने संघले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्