संसद् भवन प्रवेश गर्ने ४९ लघुवित्तपीडित प्रहरी नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन ।  नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् ।

विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् ।

संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । 

उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्