
काठमाडौं, १४ फागुन । सेन्ट जसलियन ईङ्गलिस बोर्डिङ स्कुलले आफनो १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

शनिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो । विद्यालयका सस्थापक अध्यक्ष सुजन बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे प्रमुख अतिथि रहनु भएको थियो ।

उहाँले विद्यालय र शिक्षा क्षेत्रको समग्र विकासका लागि सरकारले आफु जहिले पनि काम गरिरहेको बताउनु भयो । काय
क्रममा अध्यक्ष बरालले अंग्रेजिमा मात्रै नभई नेपालि शिक्षालाई व्यावहारी पाटोलाई अगाडि सारेर नयाँ र नमुना विद्यालयका रुपमा काम गरिरहेको बताउनु भयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई ५० प्रतिशत छुट दिएर पनि भर्ना गर्ने गरिएको बताउनु भयो । कार्यक्रममा विद्यार्थि अभिवाक हरुको सहभागिता रहेको थियो ।