खोटाङमा उपचार अभावमा एक सुत्केरीको मृत्यु 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । उपचार अभावमा एक सुत्केरीको मृत्यु भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको सोमबार बिहान मृत्यु भएको हो ।

जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार सोमबार बिहान ४ बजेतिर मूलकोटमा मृत्यु भएको हो ।

बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै नर्मल रूपमा छोरीको जन्म दिएकी थिइन् । स्वास फेर्न गाह्रो भएपछि उनलाई आइतबार जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्