वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् ।

अस्पताल प्रशासनका अनुसार छोरी जन्मेपछि उनलाई अस्पतालको शय्यामै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् । अस्पताल प्रशासनका अनुसार नवजात शिशुलाई एनआईसियू वार्डमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्