सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा झापा दमकमा ३५९ जनाविरुद्ध मुुद्दा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । झापा दमकमा रहेको बालुवाटारको करिब ७८२ रोेपनी सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरिएको खुलासा भएको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई फरक मुद्दामा  ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार एउटा मुद्दामा १८७ जना तथा अर्को मुद्दामा १७२ जनालाई प्रतिवादी दाबी गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्