सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, फागुन १३ । सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज गृह मन्त्रालयमा औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।

सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो।

सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म घर नफर्कने अडानमा छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्