
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले वर्तमान सरकारलाई नै निरन्तरता दिनका लागि पाटी एक ढिक्का रहेको बताउनु भएको छ ।
उहाँले पाटी सुदृढीकरण करण गरेर आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा महासमिति बैठकमा छलफल भएको भन्दै उहाँले गठबन्धन गर्ने नगर्ने विषयमा छलफल नभएको बताउनुभयो ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले ०८४ को निर्वाचनमा काँग्रेस एक्लै लड्छ की तालमेल गर्छ भन्ने कुरा अहिले नै तय गर्नु पर्ने कुरा नभएको बताउनु भयो ।
नेता परियारले नेपाली काँग्रेसको कुनै गुटउपगुट नरहेको बताउनुभयो । बाहिरी रूपमा मात्र गुटउपगुटको हल्ला फैलाएको उनको भनाइ छ ।