काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रद्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १३ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रिक्क्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रद्द गरेको छ ।

केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति प्रक्रिया विवादित बनेको थियो ।

रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको ‘सर्ट लिस्ट’ (संक्षिप्त सूची) तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि खानेपानी मन्त्रालयले चासो दिएको थियो ।

केयूकेएलको तालुक मन्त्रालय खानेपानीका सूचना अधिकारी टेकनाथ दहालका अनुसार खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्