नेपालद्धारा नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य प्रश्तुत

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १३ फागुन । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६६ रनको योगदान गरे । तल्लोक्रमका ब्याट्सम्यान करण केसीले २६ रन बनाए ।

आरिफ शेखले पनि टोलीको खातामा २२ रन थपे । कप्तान रोहित पौडेल १६ रन बनाउँदै आउट भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्