सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ काराेबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ कात्तिक । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्